काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई अझ फराकिलो बनाउँदै लगेका छन्।
पछिल्लो सार्वजनिक मत परिणाम अनुसार बालेनले १० हजार ४६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले पाँच हजार ३१४ मत मात्रै प्राप्त गरेका छन्।
सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले चार हजार ६४१ मत प्राप्त गरेकी छन्।
काठमाडौं महानगरको १ र २ नम्बर वडाको पूर्ण परिणाम सार्वजनिक भइसकेको छ। अन्तिम नतिजा सार्वजनिक भएका दुबै वडामा एमालेले जित निकालेको छ।
काठमाडौंमा अहिले ३, ४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ।
705
Shares

प्रतिक्रिया