निर्वाचन विशेष


दाङको दंगीशरण गाउँपालिकामा कांग्रेसका शम्भु गिरी विजयी

दाङको दंगीशरण गाउँपालिकामा कांग्रेसका शम्भु गिरी विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ८:२४, काठमाडौँ

दाङको दंगीशरण गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्। 

कांग्रेसका शम्भु गिरी एमालेका मेघनाथ शाहलाई पराजित गर्दै विजयी भएका छन्। 

गिरीले ५ हजार ४६७ मत प्राप्त साहले चार हजार ४९ मत मात्रै ल्याएका छन्। गिरीले शाहलाई १ हजार ४१८ मत अन्तरले पराजित गरेका हुन्। 

माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७८३ मत मात्रै ल्याउन सके। 

गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै पिमाकुमारी वली विजयी भएकी छन्। उनले ४ हजार ५७९ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेकी बुधनी चौधरीले ४ हजार ३११ मत प्राप्त गरेकी गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad