निर्वाचन विशेष


कञ्चनपुरका ८ पालिकाको प्रारम्भिक मतपरिणाम : ४ मा कांग्रेसको अग्रता

२ पालिकामा माओवादी/ १ मा एमाले अगाडि
कञ्चनपुरका ८ पालिकाको प्रारम्भिक मतपरिणाम : ४ मा कांग्रेसको अग्रता

गोकुल जोशी
जेठ १, २०७९ आइतबार १६:२२, महेन्द्रनगर

शुक्रबार मतदान सम्पन्न भएका कञ्चनपुरका ८ स्थानीय तहको मतगणना जारी छ।

 प्रारम्भिक मतपरिणाम अनुसार ८ पालिकामध्ये नेपाली कांग्रेसले ४ पालिकाको प्रमुख र उपप्रमुख दुवैमा अग्रता लिएको छ। 

कांग्रेसले कञ्चनपुर सदरमुकामको भीमदत्त नगरपालिका, दोधाराचाँदनी, कृष्णपुर र बेदकोट नगरपालिकाको मेयर उपमेयर दुवैमा अग्रस्थान हासिल गरेको छ। यी पालिकामा एमालेले कांग्रेसलाई पछ्याउँदै  छ।

यस्तै लालझाडी गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसले अग्रता कायम राखेको छ।

कञ्चनपुरमा सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र नेकपा एमाले एक्लै चुनावमा भिडेका छन् भने माओवादीले केही स्थानीय तहमा एकीकृत समाजवादीसँग तालमेल गरेको छ।

एक्लै चुनाव लडेको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर उपमेयर दुवैमा अग्रता बनाएका छ। बेलौरीमा माओवादीलाई एमाले र कांग्रेसले पछ्याइरहेका छन्।

यस्तै, माओवादी र समाजवादीको गठबन्धन रहेको शुक्लाफाँटामा गठबन्धनका मेयर, उपमेयर दुवैका उम्मेदवार अग्रस्थानमा छन्। उनीहरुलाई एमाले र कांग्रेसले पछ्याइ रहेका छन्। 

नेकपा एमालेले एक मात्रै स्थानीय तहको प्रमुखमा अग्रता बनाएको छ। लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार अगाडि रहँदा उनलाई माओवादी र कांग्रेसले पछ्याइरहेका छन्।

कञ्चनपुरका पालिकाको पछिल्लो मतपरिणाम
 

दोधाराचाँदनी (४७७२ गणना)
मेयरमा
कांग्रेस : १७८५  
एमाले : १५७८
उपमेयर
कांग्रेस : १६९८
एमाले : १२७९

कृष्णपुर (२१२६ गणना)
मेयर
कांग्रेस : ७४६
एमाले : ७२२
उपमेयर
कांग्रेस : ७२१
एमाले : ६४३ 

बेलौरी 
मेयर
माओवादी केन्द्र : २८७५
एमाले : २०२०
कांग्रेस : १३४१
उपमेयर
माओवादी केन्द्र : ३२२७
एमाले : २२०५
नेपाली कांग्रेस : १५०१

शुक्लाफाँटा (२३४८ गणना)
मेयर

गठबन्धन (माओवादी) : ७९३
एमाले : ६६३
कांग्रेस : ४६९
उपमेयर
गठबन्धन (समाजवादी) : ५७१
एमाले : ५२०
कांग्रेस : ५०९
 

बेदकोट (२८३६ गणना) 
मेयर

कांग्रेस : १०५५
एमाले : ७३०
गठबन्धन (समाजवादी) : ५४२
उपमेयर
कांग्रेस : ९४८
एमाले : ८६७
गठबन्धन (माओवादी) : ३३४

भीमदत्त (अहिले मतगणना रोकिएको)
मेयर

कांग्रेस : १२३३
एमाले : ३४३
राप्रपा : २३२
गठबन्धन (समाजवादी) : २२१
उपमेयर
कांग्रेस : ३३९
गठबन्धन (माओवादी) : ५१४
एमाले : ३९६
राप्रपा : १३७

बेलडाँडी
अध्यक्ष

कांग्रेस : २२६६
एमाले : १५९८
माओवादी : ६९३
उपाध्यक्ष
कांग्रेस : २१३४
एमाले : १८६०
माओवादी : ४१२
 

लालझाडी (७०२८ गणना)
अध्यक्ष

एमाले : २२५४
माओवादी : १९१४
कांग्रेस : १७८३
उपाध्यक्ष
कांग्रेस : २२७२
माओवादी केन्द्र : १८५५
एमाले : १८३१

स्रोत : निर्वाचन अधिकृतको कार्यालय
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad