ad ad

निर्वाचन विशेष


काठमाडौं अपडेटः बालेन २०७१, स्थापित ११६४

काठमाडौं अपडेटः बालेन २०७१, स्थापित ११६४

नेपालखबर
जेठ १, २०७९ आइतबार ९:१४, काठमाडौँ

सर्वाधिक चासो र चर्चाको केन्द्रमा रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै गएका छन्। 

बिहान ९ बजेसम्मको मतपरिणाम अनुसार बालेन शाहले २०७१ मत प्राप्त गरेका छन्। त्यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएका छन्। 

त्यस्तै, एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले ११६४ मत प्राप्त गरेका छन्। काठमाडौंको मतगणना जारी रहँदा धेरैको ध्यान स्वतन्त्र उम्मेदवार बालेन शाहतर्फ केन्द्रित भएको छ। 

कर्मचारी अभाव हुँदा मतगणना ढिला भइरहेको छ। शनिबार बिहानदेखि लगातार मत गन्ने काममा संलग्न कर्मचारी थाकेको भन्दै आइतबार सबेरै बिहान पाँचमध्ये तीन स्थानको गणना रोकिएको थियो।

राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा अहिले पाँचवटा ठाउँमा मत गनिँदै छ। पर्याप्त कर्मचारी नहुँदा अन्य ठाउँबाट मत गन्न पनि नसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .