निर्वाचन विशेष


विश्वप्रकाशले भने : संविधानको रक्षाको लागि मन थामेर भोट हाल्नूस्

विश्वप्रकाशले भने : संविधानको रक्षाको लागि मन थामेर भोट हाल्नूस्

सुदीप भण्डारी
बैशाख २२, २०७९ बिहिबार २०:५७, बुटवल

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको रक्षाको लागि गठबन्धनका सबै उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्।

उनले मनले नमाने पनि तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले तालमेलको इमान्दारीपूर्वक पालना गर्नुपर्ने बताए।

‘नेपाली कांग्रेसको प्रचारमा हिँडेका कार्यकर्तालाई माओवादीलाई भोट माग्दा आफ्ठ्यारो महसुस हुन्छ, तरपनि संविधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेदवारलाई मतदान गर्नूहोस्’ उनले भने,  ‘जीवन भनेको विविधताकै कारणले चल्छ, चिन्दै नचिनेकोसँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणा पत्रको धज्जी उडाएको बताउँदै उनले अहिलेको समयमा कांग्रेस र एमालेको दुवैको घोषणापत्र पढेर विवेक पुर्याएर मतदान गर्नुपर्ने बताए।
महामन्त्री शर्माले ओलीले एमाले क्विन्टल नै भएपनि कांग्रेस तोला भएको तर्क गरे।

‘ओलीजीले एमालेलाई क्विन्टल भन्नुहुन्छ, अन्य दललाई किलो’ उनले भने ‘यसमा म के भन्छु भने, उहाँ क्विन्टल नै हुनुस्, तर हामी किलो होइनौँ। हामी तोला हौँ। एक तोलाले कति क्विन्टल आउँछ आफैँ विचार गर्नूस्।’

सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले सत्ता गठबन्धनप्रति कटाक्ष गरेका केपी ओलीले डराएर जुन पायो त्यही दलसँग गठबन्धन गरेको उल्लेख गरे।

कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले ३३ प्रतिशत महिला सहभागिताको मुद्दा आफ्नो पार्टीले उठाएको बताउँदै महिलाहरुका एजेन्डालाई जोडतोडका साथ उठाउन आग्रह गरिन्।

कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाँड्ने बाहेक अन्य केही काम नगरेको बताए। उनले वीर गोर्खालीको उपमा पाएको नेपालीलाई खाडीमा बस्नुपर्ने बाध्यता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .