ad ad

समाज


कोरोना भ्याक्सिनमा प्रगति: अक्सफोर्डले पुनः सुरु गर्‍यो स्थगित गरिएको परीक्षण

कोरोना भ्याक्सिनमा प्रगति: अक्सफोर्डले पुनः सुरु गर्‍यो स्थगित गरिएको परीक्षण

नेपालखबर
भदौ २७, २०७७ शनिबार १६:५९,

विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरिरहेको कोभिड–१९ भ्याक्सिनको परीक्षण फेरि सुरु गरिने भएको छ।

विकासको क्रममै रहेको सो भ्याक्सिन बिरामीहरुमा परीक्षण गर्दा एकजना व्यक्ति बिरामी परेपछि परीक्षण रोकिएको थियो।

उनमा देखिएको समस्या भ्याक्सिनको ‘साइड इफेक्ट’ का कारण हो वा होइन भनी परीक्षण रोकिएको एस्ट्राजेनेकाले मंगलबार जनाएको थियो।

तर बीबीसीका अनुसार शनिबार अक्सफोर्ड युनिभर्सिटीले यस बीचमा गरिएकाे अध्ययनमा परीक्षण गर्न सुरक्षित रहेको पाइएपछि अब त्यसलाई अघि बढाइने भएको जनाएकाे छ।

यसैबीच बेलायतका स्वास्थ्य तथा सामाजिक सेवा सचिव म्याट ह्यानककले अक्सफोर्डको भ्याक्सिन परीक्षण पुनः सुरु भएको सुखद खबर भनी सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्

कोरोना उपचारका लागि अहिले विकास भइरहेका भ्याक्सिनमध्ये याे सबैभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

तर, सो परीक्षणका क्रममा केहि शंका उब्जेपछि त्यसले भ्याक्सिनको पर्खाइमा रहेका संसारभरका मानिसलाई निराश बनाएको थियो।

अक्सफोर्डले शनिबार जारी गरेको वक्तव्यमा अहिले धेरै मानिसहरुमाथि परीक्षण गरिएको र यसरी ठूलो संख्यामा परीक्षण गर्दा केहि सहभागीलाई समस्या आउनसक्छ भन्ने अनुमान गरिएको बताएको छ।

बेलायत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले पनि सो परीक्षणमा देखिएको समस्यालाई स्वभाविक भनी टिप्पणी गरेका थिए। 

यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षण सफलरुपमा सम्पन्न गरेपछि तेस्रो चरणको परीक्षणका क्रममा एकजना व्यक्ति बिरामी परेपछि आशंका भएको थियो। सो कुरा पनि अब हटेको बताइएको छ।

यो भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका ३० हजार मानिसलाई सहभागी गराइएको थियो। तेस्रो चरणको परीक्षण लामो समयसम्मै निरन्तरता दिने अभ्यास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .