चितवनको शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत् दुई सैनिकको मृत्यु भएको छ।
शनिबार करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको सैनिक मुख्यालयले जनाएको छ।
गणको हाताभित्र रहेको रुखको हाँगा काट्ने क्रममा भर्याङ चिप्लिएर नजिकै रहेको नाङ्गो तारमा छुँदा दुवै जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा गोरखाका ४५ वर्षीय सुवेदार र २० वर्षीय सिपाही रहेका छन्।
मृतकका परिवार जिल्ला अस्पताल चितवन पुगेको र पोष्टमार्टम भइरहेको जङ्गी अड्डाले जनाएको छ।

प्रतिक्रिया