गत वर्षको अन्त्यतिर एप्पलको आईफोन बिक्रीमा घटेको छ।
कम्पनीले नयाँ कृत्रिम बौद्धिकता (एआई)का फिचरहरु थप्दा पनि बिक्री घटेको हो।
बीबीसीका अनुसार प्रमुख कार्यकारी टिम कुकले नयाँ फिचर उपलब्ध भएका अमेरिकालगायतमा बिक्रीलाई समर्थन गरेको बताएका थिए। तर गत वर्ष १ प्रतिशतले कुल बिक्री घटेर ६९.१ अर्ब डलरमा खुम्चिन पुगेको हो।
कम्पनीले पछिल्लो समय विविध चुनौतीहरुको सामना गर्नुपर्ने देखिएको छ। चीनमा बिक्री घट्नेदेखि अमेरिकामा प्रस्तावित शुल्कवृद्धिलगायतको भय छ।
नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा बनेका वस्तुमा ६० प्रतिशतसम्म शुल्कवृद्धि गर्ने बताएका छन्। जहाँ एप्पलले आईफोन निर्माण गर्छ।
बिहीबार कुकले लगानीकर्तालाई पछिल्लो अवस्थाबारे सचेत रहेको बताएका थिए। एप्पलले अमेरिकामा गत वर्ष आफ्ना प्रडक्टमा एआई फिचर सुरु गरेको थियो। तर फिचरमा धेरै कमी कमजोरी भेटिएपछि आलोचना समेत खेपेको थियो।
कुकका अनुसार आइफोन प्रयोग गर्दै आएका ग्राहकले नयाँ आईफोन खरिद गरिरहेका छन्। कम्पनीको कुल बिक्री ४ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब डलर पुगेको छ। खासगरी एप्पल कम्प्युटरको बिक्री बढेको छ। यसबाहेक एप्पल टिभी, एप्पल न्युज र एप्पल पेजस्ता सेवासम्बन्धी व्यवसाय पनि कम्पनीको छ। कम्पनीको वर्षगत नाफा ७ प्रतिशतले बढ्दा ३६ अर्ब ३० करोड डलर पुगेको छ।
Shares

प्रतिक्रिया