च्याटजीपीटीको निर्माता ओपनएआईले प्रतिस्पर्धी एआई कम्पनी/एपहरुले आफ्ना काम प्रयोग गरी आफ्नै एआई टुल्स विकास गरिरहेको गुनासो गरेको छ।
चिनियाँ एप डिपसिकको आकस्मिक उदयसँगै च्याटजीपीटीसहित अमेरिकी कम्पनीहरुको एआईलाई ठूला धक्का दिएपछि ओपनएआईले आफ्ना काम प्रयोग गरी चिनियाँ एआईहरुले आफूलाई विकास गरिरहेको गुनासो गरेको हो।
ब्लुमबर्गका अनुसार माइक्रोसफ्टले ओपनएआईका डेटाहरु अनधिकृत तवरबाट प्रयोग भए नभएको अनुसन्धान गरिरहेको छ। माइक्रोसफ्ट ओपनएआईको मुख्य लगानीकर्ता समेत हो।
एक वक्तव्यमा ओपनएआईले चिनियाँ र अन्य कम्पनीहरुले अमेरिकी एआई कम्पनीहरुका मोडलहरु प्रशोधनको प्रयास गरिरहेको बताएको छ।
यसलाई रोक्न अमेरिकी सरकारसँग कम्पनीहरुले माग गरेका छन्।
यता अमेरिकी सरकारका अधिकारीहरुले डिपसिकको उदयले राष्ट्रिय सुरक्षामा पार्नसक्ने असरबारे ध्यान दिइरहेको बताइएको छ।
अमेरिकी सेनाले डिपसिक एप चलाउन प्रतिबन्ध नै लगाइसकेको छ भने डेटा सुरक्षाविद्हरुले पनि होसियार रहन सचेत गराएको बताइएको छ।
Shares

प्रतिक्रिया