ad ad

कारोबार


सेयर लगानीकर्तालाई लक्षित गर्दै होम सर्भिस ट्रेड लिंकले ल्यायो स्मार्ट कारोबार एप

सेयर लगानीकर्तालाई लक्षित गर्दै होम सर्भिस ट्रेड लिंकले ल्यायो स्मार्ट कारोबार एप

नेपालखबर
पुस ४, २०७९ सोमबार १४:१३, काठमाडौँ

सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ। 

होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो। 

एक वर्ष अगाडि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्यांक उपलब्ध गराउने प्रणालीको विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन। सबै प्राविधिक कमी कमजोरीहरुलाई सुधार गरेपछि होम सर्भिसले स्मार्ट कारोबार एप गुगल प्लेस्टोरमा उपलब्ध गराएको हो। 

एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरु छन्। यो एपले सेयर सम्बन्धी अनुभव भएका व्यक्तिहरुलाई मात्र नभई सेयरबजारको ज्ञान नभएका व्यक्तिहरुलाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने होम सर्भिस ट्रेड लिंकका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले बताए। 

‘म आफैँ प्राविधिक विश्लेषण गर्छु। आफु पनि सक्रिय रुपमा सेयर कारोबार गरिरहेको बेला कम्पनी एनालाइसिस गर्न समय लाग्ने भएकाले लगानीकर्ताको समय बचत होस् भन्नका लागि सूचीकृत सबै कम्पनीको रियलटाइम एनालाइसिस एपमा उपलब्ध गराइएको हो’, प्रबन्धनिर्देशक श्रेष्ठले भने। उनका अनुसार अड लटको सेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न अडलट फोरम पनि एपमा उपलब्ध गराइएको छ।

यसैगरी एपमा उपलब्ध गराइएका फिचरहरुलाई लिएर प्रयोगकर्तामा कुनै दुविधा भएमा उक्त दुविधाहरु हटाउनका लागि निशुल्क तालिम प्रदान गरिने श्रेष्ठले जानकारी दिए। यसैगरी प्याकेजमा उपलब्घ गराइएका सेवाहरु प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्न सक्नेछन्। 

एप प्रयोगकर्ताहरुले १५ दिनसम्म परीक्षणका लागि सबै फिचरहरु निशुल्क प्रयोग गर्न पाउनेछन् भने त्यस पछिको बेसिक प्याकेज मासिक १९९ र प्रिमियम प्याकेज मासिक ३९९ रुपैयाँमा लिन सक्नेछन्। यस्ता प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए। यी प्याकेजको रकम भुक्तानी इसेवाबाट गर्न सकिनेछ। यसका साथै ३ जनालाई रिफरल पठाएर १ महिनाको प्रिमियम प्याकेज निशुल्क प्रयोग गर्न सकिन्छ।

नेपाली सेयरबजारमा नवलगानीकर्ताहरु प्रवेश गर्दा बजारमा आकर्षण बढे पनि सेयरबजार सम्बन्धी ज्ञान नहुँदा धेरै मानिसहरु नोक्सान व्यहोर्न बाध्य छन्। त्यस्ता लगानीकर्ताहरुले यो एपबाट धेरै जानकारी तथा सूचनाहरु, तुलनात्मक अध्ययन लगायतको सदुपयोग गर्न सक्छन्। यस आधारमा लगानीकर्ताहरुलाई सेयर सम्बन्धी ज्ञान प्राप्त गर्न स्मार्ट कारोबार एप महत्वपूर्ण हुने श्रेष्ठको दाबी छ। 

लञ्च भएको केही दिनमा नै एपका प्रयोगकर्ताहरुको सङ्ख्या ४ हजार भन्दा धेरै पुगेको छ। एप तथा एप भित्रको फिचर सजिलै बुझ्न र चलाउन सकिने भएकोले डाउनलोड गर्नेको संख्या दिनहु बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले बताए।

यसैगरी हरेक साँझ ६ बजे स्मार्ट कारोबारको टिमले जुम मार्फत एपभित्रका सम्पूृर्ण फिचरको बारेमा जानकारीमुलक छलफल गर्नुका साथै निःशुल्क प्राविधिक विश्लेषण समेत गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .