नेपाल राष्ट्र बैंकले दुई फाइनान्सलाई मर्जरमा जान (गाभिन) अन्तिम स्वीकृति दिएको छ।
यही वैशाख ३० गते राष्ट्र बैंकले दुई फाइनान्सलाई गाभिन अन्तिम स्वीकृति प्रदान गरेको हो।
पोखरा फाइनान्सको जारी तथा चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार ६ सय ५ रुपैयाँ र समृद्धि फाइनान्सको जारी तथा चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार ४ सय रुपैयाँ रहेको छ।
दुवै फाइनान्सले १ः१ (एक कित्ता बराबर एक कित्ता) अनुपातमा सेयर कायम हुने गरी मर्जरमा जानलागेका हुन्।
२०८० पुस २९ को २७औँ वार्षिक साधारणसभाबाट मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरिएको थियो भने ०८२ साउन ४ गते समझदारीपत्रमा दुवैले हस्ताक्षर गरेका थिए। मर्जरपछि पोखरा फाइनान्स लिमिटेडकै नामबाट एकीकृत कारोबार गर्ने तयारी छ।
27
Shares

प्रतिक्रिया