कारोबार


लगानी सम्मेलनमा पर्यटन क्षेत्रका १६ परियोजना, कुन–कुन?

लगानी सम्मेलनमा पर्यटन क्षेत्रका १६ परियोजना, कुन–कुन?

पोखरा कन्भेन्सन सेन्टर


नेपालखबर
बैशाख ९, २०८१ आइतबार १२:४१, काठमाडौँ

लगानी सम्मेलनमा पर्यटन क्षेत्रका १६ वटा परियोजना प्रस्तुत गरिने भएको छ। 

अर्को हप्ता हुने सम्मेलनमा सांस्कृतिक होटलदेखि ट्रेल निर्माणसम्मका आयोजना शोकेस गर्न लागेको हो। 

लगानी बोर्डका अनुसार पोखराको बेगनास–रुपाताल जल खेलकुद आयोजना रहेको छ। पोखरा महानगरमै प्रदर्शनी केन्द्रको आयोजना शोकेसमा राख्दै छ। 

लुम्बिनी करिडोरमा विद्युतीय यातायात, मुलाबारी–साउनेथाप फुट ट्रेल आयोजना, खप्तड एकीकृत पर्यटन विकास परियोजना, ग्रेटर लुम्बिनी पर्यटक यातायात चक्रपथ, जानकरी हेरिटेज होटल र कल्चरल भिलेज आयोजना छ। 

चितवनको बाघमारामा अम्युजमेन्ट पार्क, रुद्रपुरगढी पर्यटन परियोजना, बडीमालिका पर्यटक विकास, ग्रेट हिमालय ट्रेल, मुडी पर्यटन विकास आयोजना, तालतलैया बहुउद्देश्यीय पर्यटन, पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, दोलखा फिल्म सिटी परियोजना र नुनथर फिल्म सिटी आयोजना प्रस्तुत गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .