ad ad

कारोबार


सत्ताका लागि गरिने राजनीतिको आयु कम हुन्छ : उम्मेदवार चौधरी

सत्ताका लागि गरिने राजनीतिको आयु कम हुन्छ : उम्मेदवार चौधरी

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १८:६, काठमाडौँ

नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले केवल शत्ताका लागि गरिने राजनीतिको आयु कम हुने बताएका छ्न्।

राजनीतिको मूल प्रवाह विकास निर्माणसँग जोडिनुपर्ने बताउँदै चौधरीले युवा,महिला र सबै वर्ग अट्ने गरी स्पष्ट विकासको खाका कोरेर अघि बढ्नुपर्ने आफ्नो मान्यता रहेको उल्लेख गरे।

वडा कार्यसमिति बर्दघाट १३ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले आम मतदाता र उम्मेदवारबीचको दूरी चिर्ने गरी आफू मैदानमा उत्रिएको जिकिर गरे।

संगठनको ऐक्यबद्धताले नै यो क्षेत्रको विकास र परिवर्तनमा हातेमालो गरी अघि बढ्न सकिने उनको भनाइ थियो। आम कार्यकर्ता र मतदाताको भावनालाई समेटेर हिँड्नु र त्यसलाई सही रुपमा दिशानिर्देश गर्ने गरी लागिपर्नु नै आफ्नो कर्तव्य हुने चौधरीलेले धारणा व्यक्त गरे।

चौधरी यतिबेला बर्दघाट नगपालिकाका विभिन्न वडामा पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी भएका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .