कारोबार


उद्योगी ढकाल र मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप पदक, कसलाई कुन पदक?

उद्योगी ढकाल र मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप पदक, कसलाई कुन पदक?

नेपालखबर
असोज ३, २०७९ सोमबार ११:५६, काठमाडौँ

सरकारले उद्योगीद्वय चन्द्र प्रसाद ढकाल र पशुपति मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप पदक दिने भएको छ। 

संविधान दिवसका अवसरमा उद्योगीद्वयलाई सुकीर्तिमय राष्ट्रदीप पदक दिइने भएको हो। 

गृह मन्त्रालयले पदक तथा विभूषण प्राप्त गर्नेहरुको सूचीमा सार्वजनिक गरेको छ। उद्योगी तथा व्यावसायिक क्षेत्रमा काम गरिरहेका उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ठूलो योगदान पुर्याएको भन्दै उक्त पदक दिन लागिएको हो।

दुवै व्यक्ति नेपालका स्थापित उद्योगी हुन्। नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबी बैंकका सीईओ सुनिल केसीले प्रबल जनसेवाश्री पदकले विभूषित हुने भएका छन्। 

त्यसो त औद्योगिक व्यावसायिक क्षेत्रबाट सबैभन्दा ठूलो पदक प्रभाकर शमशेरलाई दिइएको छ। स्वर्गीय प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेवाश्री पद दिने निर्णय सरकारले गरेको छ। उनको दुई वर्षअघि मृत्यु भएको थियो। 

त्यसैगरी औद्योगिक व्यावसायिक क्षेत्रबाट सुप्रबल जनसेवाश्री पदक पाउनेहरुमा कुशकुमार जोशी, राजेशकुमार अग्रवाल, सिर्जना राणा, शशीधर शर्मा, जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुङगटा, बेनिगोपाल मुन्दडा छन्। अटो व्यवसायी मिलनबाबु मल्लले पनि जनसेवाश्री पदक पाएका छन्। 

प्रबल जनसेवाश्री पाउनेमा सुशीलकुमार गोयन्का, विनोद थकाली, ओमकार गौचन, बटु लामिछाने, दिपेन्द्रकुमार कलवार, सुबोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, सुरेन्द्रकुमार गोयल, चतुर्भुज अग्रवाल, नरेश श्रेष्ठ, उमाशंकर अग्रवाल, अशोककुमार वैद, प्रतापजंग पाण्डे, प्रमोदकुमार अग्रवाल, दीपक कुँवर सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल, शान्तकुमार उपाध्यय, कुमुदकुमार दुगड रहेका छन्। 

त्यस्तै, राष्ट्र यशोवर्द्धक पदक पाउनेमा दिनेश थकाली रुकमणिकुमार ज्ञवाली छन्। विकास रत्न पदक पाउनेमा कुलचन्द्र ज्ञवाली, विनायक शाह, मोहनराज ओझा, शिक्षा भट्टचन, यमुना श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .