नयाँ आर्थिक वर्षको पहिलो महिनामा वस्तु निर्यात घटेको छ।
गत आर्थिक वर्षको साउन महिनामा २० अर्ब ७६ करोड रुपैयाँको निर्यात भएकोमा चालू आर्थिक वर्षको साउन महिनामा १४ अर्ब ८० करोडको मात्रै वस्तु निर्यात भएको हो।
यो गिरावट २८ दशमलव ६८ प्रतिशतको हो। त्यस्तै वस्तु आयात गत आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ५० अर्ब रुपैयाँको भएकोमा चालू आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँको भएको छ।
साउन महिनामा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँको व्यापारघाटा देखिएको छ।
27
Shares
प्रतिक्रिया