सेयरबजारमा आज १ अर्ब ३३ करोड ३५ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से आज १.८५ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ५८ अंकले बढेको हो।
योसँगै बजार परिसूचक २०५४.९८ विन्दुमा पुगेको छ। आज बजारमा २२२ कम्पनीको ४० लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा २७ हजार पटक खरिदबिक्री भएको थियो।
आज बजार पुँजीकरण २९ खर्ब ४४ अर्ब र तरलता १२ खर्ब ९ अर्बको छ। मंगलबार ७१ कम्पनीको सेयर बढे पनि १०४ वटाको घटेको र ११ वटाको उही मूल्य कायम भएको छ।
आज रुरु जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर र अपर हेवा खोलाका लगानीकर्ताले १० प्रतिशत वा सोही हाराहारीमा कमाएका छन्। अन्य लगानीकर्ताले उल्लेख्य कमाउन सकेका छैनन्। लगानीकर्ताले आज ६.८८ प्रतिशतसम्म गुमाएका छन्। बजारमा आज पनि हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक १४ करोडको सेयर किनबेच भएको छ।
Shares
प्रतिक्रिया