कारोबार


नबिल बैंकको फोनलोन क्यूआर मर्चेन्ट सुरु, धितोविनै कर्जा पाउन सकिने

नबिल बैंकको फोनलोन क्यूआर मर्चेन्ट सुरु, धितोविनै कर्जा पाउन सकिने

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १८:३५, काठमाडौँ

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ। 

नबिल फोनलोन – क्यूआर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यूआर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितोविना नै नबिल स्मार्ट बैंकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्ने बैंकले जनाएको छ। 

नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरी यो सुविधा ल्याएको हो। यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ। 

त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यूआर कारोबारबाट १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ। 

‘यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाई आधार मानेर हाम्रा क्यूआर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौँ’, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना बताउँछन्। 

उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय बिस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए।

सुरुवाती चरणमा व्यवसायीहरुले १ लाखसम्मको विना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन्। यस सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाए। 

यसभन्दा अघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि विना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .