कारोबार


पुष्करले सम्हाले अर्थसचिवको कार्यभार

पुष्करले सम्हाले अर्थसचिवको कार्यभार

नेपालखबर
साउन ३०, २०७९ सोमबार १८:११, काठमाडौँ

अर्थसचिवको रुपमा कृष्णहरि पुष्करले पदभार ग्रहण गरेका छन्। 

मधु मरासिनी सरुवा भएपछि अर्थसचिव पद रिक्त रहेको थियो।  

अर्थ मन्त्रालयमै राजस्व सचिवको भूमिकामा रहेका पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो। 

अर्थ मन्त्रालयका अनुसार आज उनले पदभार ग्रहण गरेका हुन्।

अर्थसचिव बनेका पुष्कर राजस्व प्रशासनमा अनुभव नभएका व्यक्ति हुन्। यसअघि उनी राजस्व सचिवमा थिए।

यही साउन २६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनी अर्थको सचिवमा सरुवा भएका थिए। सोहीअनुसार उनले ३० गते पदबहाली गरेको अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव ढुण्डी प्रसाद निरौलाले जानकारी दिए। 

उनले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भने काम गरेका थिए। यसबाहेक प्रमुख जिल्ला अधिकारी, श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशकदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अतिरिक्त सचिवसम्म भएर काम गरेको अनुभव उनीसँग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .