ad ad

कारोबार


४८० मेगावाटको फुकोट कर्णाली एनएचपीसीलाई दिने सहमति

४८० मेगावाटको फुकोट कर्णाली एनएचपीसीलाई दिने सहमति

दीपक भट्ट
साउन ३०, २०७९ सोमबार १६:१२, काठमाडौँ

फुकोट कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिने सैद्धान्तिक सहमति भएको छ। 

४ सय ८० मेगावाट क्षमताको उक्त आयोजना भारतीय कम्पनीलाई दिन नेपालले सैद्धान्तिक सहमति गरेको हो। 

अब उक्त कम्पनीलाई दिने आधिकारिक निर्णय गर्न नेपाल सरकारले प्रक्रिया अघि बढाउनेछ। 

एनएचपीसी कम्पनीलाई नै नेपालले पश्चिम सेती र एसआर ६ आयोजना दिने निर्णय गरिसकेको छ। 

त्यसको लागि मन्त्रिपरिषद्ले समेत सम्झौता स्वीकृत गरिसकेको छ। एनएचपीसी कम्पनीका अध्यक्ष अभयकुमार सिंह पश्चिम सेती र एसआर ६ आयोजनाको सम्झौता गर्न बिहीबार नेपाल आउँदै छन्। 

सोही समयमा फुकोट कर्णाली आयोजनाबारे समेत छलफल हुने लगानी बोर्डले जनाएको छ। 

बोर्डका एक अधिकारीका अनुसार ‘आयोजना दिने निर्णयको लागि त विभिन्न प्रक्रियाहरु रहेका छन्। तर एनएचपीसीलाई दिने विषयमा सैद्धातिक कुराहरु भइरहेको छ। र त्यो सहमति नजिक पनि छ।’

लगानी बोर्डले यस आयोजना निर्माणको जिम्मेवारी दिनको लागि धेरै छलफल भने गर्नुपर्नेछ। 

बोर्ड बैठकले नै आयोजना दिने निर्णयमा पुगेको खण्डमा पनि टेण्डर प्रक्रियादेखि मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपर्नेछ। 

बोर्डको अध्यक्ष समेत रहेका शेरबहादुर देउवा भने एनएचपीसीलाई नै दिन राजी रहेको बुझिएको छ। 

४ सय ८० मेगावाटको यस आयोजना नेपालको कर्णाली प्रदेशको कालिकोट जिल्लामा अवस्थित छ।

सान्नी त्रिवेणी गाउँपालिकाको १ सेरी गाउँको दक्षिण पश्चिम भागमा आयोजना निर्माण गरिनेछ। यस आयोजनाको लागि ८ दशमलव ४ मिटर व्यास र क्रमशः ५,८३१ दशमलव ६६ मिटर र ५५९७ दशमलव २ मिटर लम्बाइका २ वटा मुख्य (हेडरेस) सुरुङमार्ग निर्माण गरिनेछ। यो आयोजनाको कुल हेड (ग्रस हेड) १६८ दशमलव ६२ मिटर आयोजनाले जानकारी दिएको हो। 

हुम्ला–कर्णाली राजमार्गको नजिकै रहेको आयोजना क्षेत्र वर्षभर नै पहुँचयोग्य हुन्छ।

१ खर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना गाउँपालिका र केही खाडाचक्र नगरपालिकाको केही भूभाग प्रभावित हुने ४ सय ८० मेगावाट क्षमताको आयोजनामा ६ किमि मुख्य टनेल निर्माण गर्नुपर्नेछ।  आयोजनाबाट वार्षिक २ हजार ४ सय ५५ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य छ। 
 
एनएचपीसी कस्तो कम्पनी हो?
पश्चिम सेती र यही अयोजना शृङ्खला रहेको एसआर ६ आयोजना नेपालले एनएचपीसीलाई दिने निर्णय गरिसकेको छ। एनएचपीसी कम्पनी भारतको सबैभन्दा ठूलो विद्युत उत्पादन गर्ने कम्पनी हो। 

कम्पनीसँग जलविद्युत् आयोजनाहरू स्थापना गर्ने सम्बन्धमा अवधारणा बनाउनेदेखि सञ्चालनसम्मका सबै गतिविधिहरू गर्न सक्ने क्षमता छ। एनएचपीसी लिमिटेडले जलविद्युतदेखि सौर्य र वायु ऊर्जाको क्षेत्रमा पनि विविधीकरण गरेको छ। ७ हजार ५३९ मेगावाट विद्युत् उत्पादन गरिसकेको छ। यस कम्पनीले ११ वटा विद्युतका परियोजना निर्माण गरिसकेको छ। 

अरुणाचल प्रदेशमा २ हजार मेगावटको सुबानसिरी तल्लो एचईपी र एचपीमा ८०० मेगावाटको पार्वती सेकेण्ड, २४० मेगावटाको सौर्य परियोजनाहरु समेत समावेश छन्। उडिसामा एक हजार मेगावाटका परियोजना छन्। त्यस्तै अन्य ६ वटा जलविद्युत् परियोजनाहरुमा लगानी रहेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .