कारोबार


सेयरबजार : फाइनान्स र जलविद्युतका लगानीकर्ताले कमाए, नेप्से बढ्यो

सेयरबजार : फाइनान्स र जलविद्युतका लगानीकर्ताले कमाए, नेप्से बढ्यो

नेपालखबर
साउन ३०, २०७९ सोमबार १५:३३, काठमाडौँ

सेयरबजारमा आज २ अर्ब ४३ करोड २९ लाख ८४ हजार रुपैयाँको सेयर किनबेच भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको दोस्रो कारोबार दिन सूचक र कारोबार रकम दुवैमा वृद्धि भएको हो। 

आज २१५ कम्पनीको सेयर खरिदबिक्री भएको थियो। दिनभरिमा ४२ हजार ८ सय ९७ पटकको कारोबारमा ६० लाख कित्ता सेयर बिक्री भएको हो। 

बजार परिसूचक नेप्से आज ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको छ भने सेन्सिटिभ सूचक पनि ११.२३ अंकले बढेको छ। सबै उपसूचकहरु हरियो हुँदा आज १८० कम्पनीका लगानीकर्ताले कमाएका छन्। 

चारवटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएको नेप्सेले जनाएको छ। सबैभन्दा धेरै कमाउनेमा श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स, राधी विद्युत् कम्पनी, रिभर फल्स पावर, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता छन्। उनीहरुले १० प्रतिशत वा सोही हाराहारीमा आम्दानी गरेका छन्। 

आज रिडी पावर कम्पनीका लगानीकर्ताले भने ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ७०.८० रुपैयाँ गुमाउनुपरेको छ। अन्य लगानीकर्ताले ३ प्रतिशतभन्दा कम गुमाएको नेप्सेले जनाएको छ। 

सोमबार बजारमा शिवम् सिमेन्टको २१ करोडको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड, हिमालयन डिस्टिलरीको ९ करोड, नेपाल टेलिकमको ६ करोडको सेयर कारोबार भएको छ। 

आज बजार पुँजीकरण केही बढेर २९ खर्ब ५० अर्ब पुग्दा बजारमा तरलता १२ खर्ब ६ अर्बको रहनपुगेको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .