NepalKhabar NepalKhabar

कारोबार


जनार्दन शर्माको प्रस्तावअनुसार निर्धारण भएन कर्मचारीको तलब, सबैको १५ प्रतिशत बढ्ने

जनार्दन शर्माको प्रस्तावअनुसार निर्धारण भएन कर्मचारीको तलब, सबैको १५ प्रतिशत बढ्ने

अर्थमन्त्री जनार्दन शर्मा।


दीपक भट्ट
साउन २९ , काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षदेखि समान मर्यादाक्रमका कर्मचारीहरुलाई समान तलब सुविधा गराउने प्रस्ताव गरेका थिए।

उनले मन्त्रिपरिषदमा गरेको प्रस्तावअनुसार निर्णय भने हुन सकेन। मन्त्रिपरिषदले भने बजेट कार्यक्रममा उल्लेख भएअनुसारको १५ प्रतिशत नै तलब वृद्धि गर्ने उल्लेख गरेको छ। 

मन्त्रिपरिषदले सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान लागू गर्ने निर्णय गरेको हो। 

साउन २६ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान र ग्रेड लागू गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, नेपाल स्वास्थ्य, संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि नयाँ तलबमान लागू हुने मन्त्रिपरिषदले सरकारले बजेटमार्फत सबै कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको थियो। सोहीअनुसार मन्त्रिपरिषद्ले नयाँ ग्रेड तोक्ने निर्णय गरेको हो। 

अर्थमन्त्री शर्माले भने तलब दिने कर्मचारीदेखि नियुक्त भएका विभिन्न अधिकारीहरुलाई मर्यादा क्रम तोकिएको छ। 

जस्तो प्रहरीको डीआईजी र सहसचिवलाई समान मर्यादामा राखिएको छ। त्यस्तै नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट र निजामती अधिकृतलाई समान मर्यादा क्रममा राखिएको छ। हाल प्रहरीतर्फको तलबमान धेरै र निजामतीतर्फको केही कम छ। त्यसलाई अर्थ मन्त्रालयको प्रस्तावले समान बनाउन चाहेको थियो।  

अर्थ मन्त्रालयले मर्यादा क्रमअनुसार तलबमान वृद्धि गर्न खोज्दा २४ प्रतिशतसम्म तलब वृद्धि हुने देखिएको थियो। अधिकृतभन्दा तलको मर्यादा क्रममा तलबमा करिब–करिब समानता रहे पनि त्योभन्दा माथि असमान रहेकोले अहिले २४ प्रतिशतसम्म तलब वृद्धि हुने देखिएको थियो।

निजामतीतर्फको शाखा अधिकृतभन्दा माथिको तलब २४ प्रतिशत बढ्ने देखिएको थियो। उपसचिवहरूले २३ दशमलव ३ प्रतिशत, सहसचिवहरूले २३ दशमलव ३ प्रतिशत र सचिवहरूले १८ दशमलव ४ प्रतिशत बढी तलब पाउने देखिएको थियो।

यसमा अधिकृत तहभन्दा मुनिका कर्मचारीले आन्दोलन नै गरेका थिए।

साउन २९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.