ad ad

कारोबार


सेयरबजार : झण्डै ३ अर्बको किनबेचमा १७१ कम्पनीका सेयरधनीले गुमाए

सेयरबजार : झण्डै ३ अर्बको किनबेचमा १७१ कम्पनीका सेयरधनीले गुमाए

नेपालखबर
साउन २४, २०७९ मंगलबार १५:६, काठमाडौँ

सेयरबजार आज पनि दोहोरो अंकले घटेको छ। मंगलबार नेप्से ४५.४२ अंकले र सेन्सिटिभ सूचक ९.६८ अंकले घटेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २२२ कम्पनीको ६६ लाख ४६ हजार कित्ता सेयर बिक्री भएको छ। 

दिनभरिमा ४६ हजार २८९ पटक भएको खरिदबिक्रीमा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो। 

आज बिहान ११ बजेदेखि बजार खुलेयता नेप्से निरन्तर ओरालो लागेको थियो। सोसँगै २२ सय विन्दुमा पुगेको नेप्से फेरि २००० विन्दुमै झरेको छ। 

मंगलबार ९ नौवटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। १७१ वटा कम्पनीको सेयर मूल्य घट्दा एउटाको उही मूल्यमा कारोबार भएको छ।

आज हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशत आम्दानी गरे पनि अन्य कम्पनीका सेयरधनीले खासै कमाउन सकेनन्। गणपति लघुवित्तका सेयरधनी आज सबैभन्दा धेरै गुमाउनेमा परे। उनीहरुले ७.२७ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ। 

आज नागरिक लगानी कोषको १५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। निरन्तर धेरै कारोबार हुँदै आएको शिवम् सिमेन्टको १३ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .