कारोबार


नेपालबाट सिमेन्टपछि डन्डी पनि निर्यात हुनथाल्यो

नेपालबाट सिमेन्टपछि डन्डी पनि निर्यात हुनथाल्यो

नेपालखबर
साउन ४, २०७९ बुधबार १३:४४, काठमाडौँ

नेपालबाट सिमेन्ट र डन्डी निर्यात सुरु भएको छ। 

केही दिनअघि सिमेन्ट निर्यात भएकोमा बुधबारबाट डन्डी पनि निर्यात भएको हो। 

सरकारले सिमेन्ट डन्डी लगायतमा ८ प्रतिशत छुट दिने निर्णय गरेसँगै निर्यात सुरु भएको व्यवसायीले बताएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आठ प्रतिशत छुट दिने कार्यविधि बनाइरहेको छ। 

बुधबार श्री स्टिलले एक ट्रक डन्डी भारत निर्यात गरेको हो। केही दिनअघि मात्रै पाल्पा सिमेन्ट इन्डस्ट्रिजले ३ ट्रक सिमेन्ट भारत पठाएको थियो। 

भारतीय उद्योगसँग प्रतिस्पर्धाको लागि नेपाल सरकारले केही छुट दिनुपर्छ। उद्योगीका अनुसार सरकारले ८ प्रतिशत छुट दिने कार्यविधि बनेसँगे परिमाणात्मक रुपमा निर्यात सुरु हुनेछ। 

उद्योगीका अनुसार नेपालबाट डन्डीको तुलनामा सिमेन्ट निर्यात बढी सहज हुन्छ। सिमेन्टको ९० प्रतिशत कच्चा पदार्थ नेपालको नै हुँदा सहज हुने उद्योगी बताउँछन्। उद्योगीले बिलेट तथा स्पन्ज आइरन आयात गरी डन्डी बनाउँछन्। 

सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले सरकारले छिटोभन्दा छिटो कार्यविधि बनाएर सिमेन्ट निर्यातलाई बढाउनुपर्ने बताए। नेपाल भारत सीमा क्षेत्रको १०० किलोमिटर परसम्म सिमेन्ट तथा डन्डी निर्यात गर्न सकिन्छ। 

उद्योगीका अनुसार सिमेन्ट मात्रै वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँको निर्यात गर्न सकिने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .