कारोबार


इन्धन अभावले सुस्तायो काँकडभिट्टा-लौकही सडक निर्माण

इन्धन अभावले सुस्तायो काँकडभिट्टा-लौकही सडक निर्माण

नेपालखबर
चैत २८, २०८२ शनिबार १४:४६, काठमाडौँ

पेट्रोलिय पदार्थ अभावले निर्माणाधीन काँकडभिट्टा-लौकही सडक निर्माण सुस्ताएको छ। 

मध्यपूर्वमा देखिएको तनावले पर्याप्त सडक कालोपत्र गर्न आवश्यक बिटुमिन अभाव भएको निर्माण कम्पनी इभ्रास्कन कालिका जेभीका प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंले जानकारी दिए। काँकडभिट्टा-लौकही सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा इभ्रास्कन कालिका जेभीले स्तोन्नतिको काम गरिरहेको छ। 

सडक कालोपत्र गर्ने मुख्य सिजनमा कम्पनीले स्टकमा राखेको बिटुमिनले १०-१५ दिन पुग्ने कम्पनीका प्रोजेक्ट म्यानेजर प्रसाईंले बताए। वर्षाअघि पहिलो लेयरको कालोपत्र गर्न २२ किलोमिटर सडकमा बेस बिछ्यायर तयार पारिएको उनको भनाइ छ। 

उनका अनुसार, बेस बिछ्याइएको क्षेत्रमा कालोपत्रे गर्न आवश्यक बिटुमिन महङ्गो मूल्यमा खरिद गरिएको भए पनि पर्याप्त छ्रैन। नेपाल आयल निगमले डिजलमा लगाएको कोटा प्रणालीले आयोजनामा पर्याप्त डिजेल उपलब्ध नगराउँदा काम रोकिने अवस्थामा पुगेको उनको भनाइ छ। 

निर्माण कम्पनीसँग स्टकमा रहेको बिटुमिनले मात्रै कालोपत्रे गर्ने अवस्था रहेको काँकडभिट्टा-लौकही सडक योजना पूर्वीखण्डका योजना प्रमुख सीडीई सुनिलबाबु पन्तले बताए। मध्यपूर्वमा देखिएको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेर काम गर्न नसक्ने अवस्थाको जानकारी निर्माण पक्षले आयोजनालाई गराएको पन्तको भनाइ छ। 

निर्माण व्यवसायीले बिटुमिन आयात गर्न खोलेको एलसी समेत फिर्ता भएको जानकारी आयोजनालाई गराएको छ। यो सडक आयोजनामा पेट्रोलिय पदार्थको संकटसँगै मौसमले पनि साथ नदिएको आयोजना प्रमुख पन्तले बताए। 

उनका अनुसार, मध्यपूर्वको तनाव नरोकिए सडक योजनाको काम हप्ता-दश दिनमै रोकिने अवस्था रहेको छ। पूर्वीखण्ड अन्तर्गत काकडभिट्टा सीतापुरीसम्म ४५ किलोमिटर लम्बाई रहेको सडक १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad