ग्लोबल


गाजामा पनि इजरायको हमला, ७ जनाको मृत्यु

गाजामा पनि इजरायको हमला, ७ जनाको मृत्यु

नेपालखबर
चैत २८, २०८२ शनिबार १४:५४, काठमाडौँ

गाजाको नागरिक रक्षा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा इजरायलले हवाई हमला गर्दा ७ जनाको मृत्यु भएको बताएको छ।

अल-बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ।

मध्य गाजाको अल-अक्सा अस्पतालमा ६ जनाको शव आएको र सात जना घाइते उपचारका लागि आएको र यीमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

नजिकैको अल-अवदा अस्पतालमा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ।

सन् २०२३ देखि सुरु भएको सीमापार आक्रमणको दुई वर्ष पछि अक्टोबर १० देखि लागु भएको युद्धविराम उल्लंघन गरेको आरोप इजरायल र हमासले एकअर्कालाई लगाइरहेका छन्।

युद्धविराम सुरु भए देखि कम्तीमा ७३८ प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैबिच इजरायली सेनाले युद्धविराम सुरु भए देखि पाँच जना सैनिक मारिएको जनाएको छ।

गाजामा मिडिया प्रतिबन्ध कारण अन्तर्राष्ट्रिय प्रेसलाई अझै पनि इजरायली अधिकारीहरूले प्रवेश गर्न प्रतिबन्ध लगाएको एएफपीले जनाएको छ।

इजरायलले उता लेबननमा पनि हमला गरिरहेको छ। अमेरिका र इरानबिच युद्धविराम सम्झौता भए पनि इजरायलले लेबननमा घातक हमला जारी राख्दा शान्ति प्रयास नै धरापमा परेको छ।

यसैबिच आज पाकिस्तानमा अमेरिका र इरानबिच वार्ता हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad