स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को वरिष्ठ उपाध्यक्षमा सर्वसम्मतिको प्रयास भइरहेको छ।
वरिष्ठ उपाध्यक्षका दुई दाबेदार उत्तम भ्लोन लामा र बलराम खतिवडा पक्षबीच सर्वसम्मतिको प्रयास भइरहेको हो।
इप्पानको २४औँ साधारणसभा र आठौँ अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ। बिहीबार वरिष्ठ उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीहरुले उम्मेदवारी दर्ता गरेका छन्।
आज निर्वाचनको मिति तोकिए पनि दुई पक्षबीच सहमतिमै नेतृत्व छान्ने प्रयास भइरहेको हुँदा निर्वाचन सुरु हुन सकेको छैन। वरिष्ठ उपाध्यक्षका उम्मेदवार भ्लोन र खतिवडा पक्ष यसअघि छलफलमा बसेको भए पनि उनीहरुबीच सहमति हुन सकेको छैन। भ्लोन पक्षले भने खतिवडा पक्षले धेरै पद दाबी गरेको हुँदा सहमति हुन नसकेको बताएको छ।
Shares

प्रतिक्रिया