कारोबार


हुम्ला–मुगु लिंक रोड: लोतीखोलामा ‘बेलीब्रिज’ जडान

हुम्ला–मुगु लिंक रोड: लोतीखोलामा ‘बेलीब्रिज’ जडान

नेपालखबर
साउन ११, २०८२ आइतबार ११:३९, हुम्ला

हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण गरिएको छ। चार करोड ९८ लाख रुपैयाँ लागतमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो। 

पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीलेका अनुसार  बयालीस मिटर लम्बाइको बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा छ। ३.१५ मिटर उचाइको पुलमा तीनवटा प्यानल र तीनवटा डेक राखिएको छ। 

लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए।  हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो।  वर्षात्मा आएको खोलाले  पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य  थिए।

हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए। चङ्खेली गाउँपालिकाका तीनवटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या  अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । उहाँका अनुसार निरन्तरको पहलपश्चात  बेलीब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो। 

पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई राराताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यतामात्र टरेको छैन, अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ। 

यही साउन १३ गतेका दिन औपचारिक रुपमा उद्धघाटन गरी हुम्ला मुगु लिङ्क हुने भएको छ। चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री)ले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात यो बेलीब्रिज निर्माण भएको छ। 

कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मङ्सिर २३ गते सम्झौता भई असार २२ गते सम्पन्न भएको उक्त बेलीब्रिज करिब पाँच महिनामा सम्पन्न भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad