स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि एक लाख ४३ हजार छ सय तोकिएको छ।
यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ निर्धारण भएको छ।
117
Shares
प्रतिक्रिया