राजनीतिक कमेडी फिल्म ‘तैँ चुप मै चुप’ बन्ने भएको छ। यो फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा बन्ने भएको हो।
घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्मको निर्माता सन्तोष अधिकारी हुन्। मनीष गौतमको कथा रहेको फिल्मको काठमाडौँ र पोखरामा सुटिङ हुने बताइएको छ।
हाल चलचित्रका लागी कलाकार छनोटको काम भइरहेको छ। पोलिटिकल सस्पेन्स कथा रहेको उक्त चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमलाई कमेडी ढंगले प्रस्तुत गरिने निर्देशक लामिछानेले बताए।
यसअघि यो टिमले चलचित्र ‘चित्रा’ निर्माण र प्रदर्शन गरिसकेको छ। उक्त चलचित्रमा कलाकार सन्तोष अधिकारीलगायतको कामले निकै तारिफ पाएको थियो।
चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने चलचित्रको सम्पूर्ण मार्केटिङ र ब्रान्डिङ आइडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन्।
यो फिल्म यसै वर्ष रिलिज गर्ने योजना छ।
Shares
प्रतिक्रिया