ad ad

कारोबार


तीन दिनयता एउटै विन्दुमा सुनको मूल्य, चाँदीको घट्यो

तीन दिनयता एउटै विन्दुमा सुनको मूल्य, चाँदीको घट्यो

नेपालखबर
असार ५, २०८१ बुधबार ११:४४, काठमाडौँ

सुनको मूल्य तीन दिनयता स्थिर छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ३ गतेयता सुनको मूल्यमा कुनै बदलाव आएको छैन। 

छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा र तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँकै विन्दुमा अडिएको छ। 

चाँदीको मूल्यमा भने परिवर्तन भइरहेको छ। बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा भने सुन २ हजार ३ सय २९ अमेरिकी डलर र चाँदी २९.४३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .