आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ।
शुक्रबार १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको सेतो धातु आइतबार उक्त दरले बढेर १ हजार ७ सय ४० रुपैयाँ पुगेको हो।
यता सुनको मूल्य भने उच्च विन्दुमा पुगेर स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३९ हजार ३ सय र तेजाबी सुन १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ।
यो अघिल्लो कारोबार मूल्यबराबर हो भने हालसम्मकै उच्च मूल्य हो।
उता अन्तर्राष्ट्रिय बजारमा चाँदी २८.६७ र सुन २ हजार ३ सय ९०.८६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
2.2k
Shares
प्रतिक्रिया