कारोबार


तोलामा १२ सय रुपैयाँ सस्तो भयो सुन

तोलामा १२ सय रुपैयाँ सस्तो भयो सुन

नेपालखबर
माघ ३, २०८० बुधबार ११:५५, काठमाडौँ

सुनको मूल्य आज घटेको छ। 

प्रतितोला १ हजार २ सय रुपैयाँले सुनको मूल्य सस्तिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार मूल्य घटेसँगै छापावाल सुन १ लाख १८ हजार २ सय र तेजाबी सुन १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १९ हजार ४ सय र १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएका थिए। 

यता आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। अघिल्लो दिन १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय रुपैयाँमा किनबेच भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार १९ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .