कला


‘मायाका रंगहरु’ मा जोडिए सुनिल थापा र वुद्धि तामाङ

‘मायाका रंगहरु’ मा जोडिए सुनिल थापा र वुद्धि तामाङ

नेपालखबर
माघ ३, २०८० बुधबार ११:५७, काठमाडौँ

फिल्म ‘मायाका रंगहरु’ मा कलाकारद्वय सुनिल थापा र वुद्धि तामाङ अनुबन्धित भएका छन्। फिल्मको लागि सुनिल र वुद्धिको निर्माण टिमसँग लिखित सम्झौता भइसकेको छ। 

यसअघि पल शाह र कुन्दन भारद्धाजको मुख्य भूमिकामा लागि अनुबन्धित भइसकेका छन्। केवल तामाङको निर्माण र निर्देशन रहेको फिल्ममा फागुन अन्तिम सातादेखि छायाङ्कन सुरु हुनेछ। 

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको सुटिङ भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ। पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आर।बी थाङदेन हुन्।

शेखर ज्ञवालीको कथा रहेको फिल्मलाई सौरभ लामाले खिच्नेछन्। फिल्मका सह(निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन्। पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो फिल्ममा निर्माण गर्न लागेको निर्देशक तामाङले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .