कारोबार


नवलपुरमा ९ करोडको सुन्तला उत्पादन

नवलपुरमा ९ करोडको सुन्तला उत्पादन

नेपालखबर
माघ २३, २०८१ बुधबार ८:२५, नवलपुर

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा यो वर्ष नौ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। यहाँ गत वर्ष सात करोड १८ लाखको सुन्तला उत्पादन भएको थियो। जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो।

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको बताए।

गत वर्ष कुल २२६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा १४१ हेक्टर क्षेत्रफलबाट मात्रै आम्दानी लिन थालिएको थियो।

‘अघिल्लो वर्ष जिल्लामा एक हजार २२७ मेट्रिक टन मात्रै उत्पादन भएकोमा यो वर्ष एक हजार ४१४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ’, सूचना अधिकारी काफ्लेले भने, ‘यो वर्ष जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर २५६ हेक्टर पुगेकामा १६१ हेक्टरमा सुन्तला उत्पादन हुन थालेको  छ।’ जिल्लामा बर्सेनि सुन्तला उत्पादन हुने क्षेत्रफल वृद्धि हुँदै गइरहेको छ। 

पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै उत्पादन नहुने भएकाले किसान सुन्तला खेतीतर्फ आकर्षित भएको उनले जानकारी दिए। 

जिल्लाको बौदिकाली र बुलिङटार गाउँपापलिका तथा गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा व्यावसायिक सुन्तला खेती गरिँदै आएको  छ। जिल्लामा तीन हजार २०० किसानले सुन्तला खेती गर्दै केन्द्रले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad