कतार सरकारले काम गरेर रकम लिन बाँकी रहेका २३ नेपाली नागरिकलाई बक्यौता रकम बुझ्न अनुरोध गरेको छ।
कतारस्थित मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेकाहरूलाई कतार सरकारले सम्पर्कमा आई रकम बुझ्न आग्रह गरेको हो।
रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आईडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्नेछ।
कतारी आईडी नम्बर भएका व्यक्तिहरूले नेपाल सरकार वैदेशिक रोजगार विभाग तथा कतारी राजदूतावासमा सिधै सम्पर्क गर्न सक्ने कतार सरकारले जारी गरेको सूचनामा उल्लेख छ।
गत वर्ष बक्यौता रकम लिन बाँकी रहेका दिपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव स्रिपालीलाइ पनि सम्पर्कमा आई रकम बुझ्न आग्रह गरिएको छ।
गत वर्ष ३३ जनाले बक्यौता रकम बुझेका थिए।
को हुन् बक्यौता रहेका २३ नेपाली?
नाम कतार आईडी नम्बर
गोविन्द मोची २७८५२३०३३२
सन्तोष कुमार शर्मा २९६५२४१३२२१
सञ्जय चौधरी २८४५२४१२८७२
सकिल अहमद मुसलमान २९५५२४२४५२४
सबिन कार्की २९२५२४३१७०७
रञ्जित कुमार खाङ २९२५२४३२१४३
रामेश्वर मण्डल २७५५२४२३८५६
रमाकान्त खाङ २९३५२४३५४१२
रामकृष्ण निरौला २९३५२४३४४५३
निरञ्जन पासमान २९४५२४२७८५३
ज्ञान चन्द कुर्मी २८२५२४४०९०६
ब्रह्मदेव खाङ खत्वे २८२५२४४०९०६
वीरेन्द्र हजारा २७०५२४१७४९५
बैजनाथ चौधरी २८७५२४४६३७१
अजय बहादुर श्रेष्ठ २९६५५२४०७०८९
विनोद कुमार भार २८९५२४३९५२५
तेजनारायण राय अमत २७१५२४०४७६९
सुरेन्द्र बोहोरा २९४५२४२५६२८
सिकन्दर मुखिया १८९५२४४२३८९
सेलेन्द्र महारन २८१५२४१८४२३
राम उदागर राम २९४५२४२७७३९
गत वर्ष बक्यौता रकम लिन बाँकी रहेका
दिपेन्द्र सार्की २८८५२४४८८३२
ध्रुव श्रीपाली (आईडी नभएको)
Shares
प्रतिक्रिया