ad ad

कारोबार


सेयरबजारमा ४३ अंकको छलाङ, कारोबार अर्ब कट्यो

सेयरबजारमा ४३ अंकको छलाङ, कारोबार अर्ब कट्यो

नेपालखबर
पुस २७, २०७६ आइतबार १०:१४,

साताको पहिलो कारोबार दिन सेयरबजार उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजार परिसूचक नेप्से ४२.६१ अंकले बढेको छ भने ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि ८.४७ अंकले बढेको छ।

कुल १ सय ७९ कम्पनीको कारोबार भएको दिन ३८ लाख ३१ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। दिनभरिमा १५ हजार ९ सय ७ पटकको खरिदबिक्रीपछि कारोबार रकम १ अर्ब कटेको छ। आज कुल १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँको सेयर कारोबार भएको हो। कुल १२ समूहको कारोबार भएकामा सबै समूहको सूचक बढेको छ। सबैभन्दा बढी सूचक बढ्नेमा जीवन बीमा ४०९.२७ अंक र निर्जीवन बीमाको ३८४.२१ अंकले बढेको नेप्सेले जनाएको छ। त्यसपछि माइक्रोफाइनान्स, होटल र विकास बैंकको कारोबार बढेको छ।

धेरै कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। कम्पनीको ५ करोड ८८ लाखको कारोबार भएको छ। त्यस्तै, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ४ करोड ६३ लाख, एनआईसी एसिया बैंकको ४ करोड ७ लाख, शिवम् सिमेन्टको ३ करोड ९८ लाख, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ३ करोड ७६ लाखको कारोबार भएको छ।

कमाउने उच्च पाँच कम्पनीमा सूर्य लाइफ इन्स्योरेनस अगाडि छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँले बढेको छ। त्यस्तै, नेपाल इन्योरेन्स कम्पनीको १० प्रतिशतले मूल्य बढ्दा सेयरधनीले ३१ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। प्रिमियर इन्स्योरेन्स कम्पनीको पनि १० प्रतिशतले बढेको छ। कम्पनीका सेयरधनीले प्रतिकित्ता ४२ रुपैयाँ आम्दानी गरेका छन्। सिद्धार्थ इन्स्योरेन्सको १० प्रतिशतले वृद्धि हुँदा सेयरधनीको हातमा ४३ रुपैयाँ र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि १० प्रतिशतले नै बढ्दा सेयरधनीले ५४ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेको नेप्सेले जनाएको छ।

त्यस्तै गुमाउने उच्च पाँच कम्पनीमा माउन्टेन हाइड्रो नेपाल, सिनर्जी पावर डेभलपमेन्ट, सिटिजन्स म्युचुअल फन्ड १, युनियन हाइड्रोपावर लिमिटेड र सिन्धु विकास बैंक रहेका छन्। उच्च अंकले बजार बढेको दिन गुमाउने कम्पनीले २ प्रतिशतसम्ममात्रै गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .