ad ad

राजनीति


प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

नेपालखबर
पुस २७, २०७६ आइतबार १०:७,

प्रधानसेनापति पूर्णचन्द्र थापा चारदिने भ्रमणका लागि मित्रराष्ट्र बंगलादेश प्रस्थान गरेका छन्।

बंगलादेशकाे सेनाका प्रमुख जनरल अजिज अहेमदको औपचारिक निमन्त्रणामा ७ सदस्यीय भ्रमण दलसहित नेपाली सेनाको एम२८ स्काइट्रक विमानद्वारा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे। उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो। यसअघि उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

भ्रमणको दौरान उनले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ। ‍औपचारिक कार्यक्रम सम्पन्‍न गरी प्रधानसेनापति थापा माघ ०१ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ। उक्त भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .