ad ad

खेल


सेरेनाले अस्ट्रेलियाको आगो निभाउन अकल्यान्ड क्लासिकको पुरस्कार रकम दान दिने

सेरेनाले अस्ट्रेलियाको आगो निभाउन अकल्यान्ड क्लासिकको पुरस्कार रकम दान दिने

नेपालखबर
पुस २७, २०७६ आइतबार १०:१५,

आइतबार जेसिका पेगुलालाई अकल्यान्ड क्लासिक टेनिसको फाइनलमा ६–३ र ६–४ को सोझो सेटमा पराजित गरेपछि सेरेनाले पुरस्कारमार्फत् पाएको २ लाख ५० हजार अमेरिकी डलर अस्ट्रेलियाको आगो निभाउन दान दिने बताएकी हुन्।

गएको तीन वर्षमा सेरेनाले जितेको यो पहिलो उपाधि हो। ३८ वर्षकी अमेरिकी टेनिस खेलाडी सेरेना २३ पटककी ग्राण्डस्लाम विजेता हुन्।

अस्ट्रेलियाको विभिन्न राज्यमा लागेको आगोका कारण त्यहाँ ५ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका छन्। हालसम्म २९ जनाको मृत्यु भइसकेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .