कारोबार


सामसङको ग्यालेक्सी ए२७ फाइभजी नेपालमा, मूल्य कति?

सामसङको ग्यालेक्सी ए२७ फाइभजी नेपालमा, मूल्य कति?

नेपालखबर
असार ३०, २०८३ मंगलबार १८:८, काठमाडौँ

सामसङ नेपालले ग्यालेक्सी ए२७ फाइभजी नेपालमा सार्वजनिक गरेको छ। 

कम मूल्यको फोन प्रिमियम एआई सुविधा, भरपर्दो कार्यसम्पादन, सुरक्षा र टिकाउ सफ्टवेयर खोज्ने युवाका लागि तयार गरिएको हो। 

कम्पनीका एमएक्स बिजनेस सिनियर डाइरेक्टर प्रणयरत्न स्थापितले नयाँ ग्यालेकसी ए सिरिजले धेरैभन्दा धेरै ग्यालेक्सी प्रयोगकर्तामाझ नयाँ प्रविधि पुर्‍याएर एआईलाई सबैको पहुँचमा ल्याउने प्रतिबद्धता पूरा गरेको बताए। 

यो फोनमा ७.८ एमएम स्लिम प्रोफाइल र १२० हर्जा रिफ्रेस रेटसहितको ठूलो ६.७ इन्चको एफएचडी प्लस सुपर अमोलेड डिस्प्ले छ। यो लाइट ग्रिन, लाइट पिंक र ब्ल्याक रङमा उपलब्ध छ। 

कम्पनीले यो डिस्प्लेमा अपग्रेड गरिएको इन्फिनिटी पन्च होल डिजाइन ल्याएको छ। यसको ४ एनएम स्न्यापड्रागन ६ जेन ३ मोबाइल प्लेटफर्म रहेको छ। यो डिभाइस एपहरु स्विच गर्ने, भिडिओ स्ट्रिम गर्ने र एआई एप्लिकेसन चलाउने प्रयोगकर्ताका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्ने गरी इन्जिनियर्ड गरिएको छ। 

यसमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा पनि छ। जुन विशेष गरी विद्यार्थी, व्यवसायी र मिटिङका नोटहरु, लेक्चर वा कुराकानी बढी प्रभावकारी रुपमा रेकर्ड गर्न चाहनेका लागि उपयोगी छ। 

कम्पनीका अनुसार ए२७ फाइभजी ८जीब÷५१२ जीबीको प्रतियुनिट मूल्य ६९ हजार ९९९ रुपैयाँ छ। यसमा ३ हजार २ सय ५० रुपैयाँमा १२ महिनाको ईएमआई सुविधा छ भने १ हजार ८ सय ९९ रुपैयाँको २४ महिनाको ईएमआई सुविधा छ। 

६जीबी÷१२८ जीबीको मूल्य ५५ हजार ९९९ रुपैयाँ रहेको छ। यसलाई १२ महिनामा २ हजार ५ सय ५० र २४ महिनामा १ हजार ५ सय १९ रुपैयाँ ईएमआई सुविधामा पनि खरिद गर्न सकिन्छ। 

नयाँ फोनमा साट्ने सुविधा, सहज मासिक किस्ताको विकल्प र १२० जीबीको एनसेल डेटा उपहार समेत छ। विशेष अफरमा पुराना फोन बुझाएर पुराना फोनको मूल्यांकन रकमको अतिरिक्त ८ हजार एक्सचेन्ज बोनस समेत पाउन सकिनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad