कारोबार


सुबिसुले थाल्यो नेपालमै पहिलो पटक वाइफाइ–६ प्रविधि र सुबिसु सुरक्षा सेवा

सुबिसुले थाल्यो नेपालमै पहिलो पटक वाइफाइ–६ प्रविधि र सुबिसु सुरक्षा सेवा

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १३:३, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेडले अत्याधुनिक वाइफाइ–६ प्रविधिमा आधारित आफ्नो नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ।

यसका साथै, कम्पनीले नेपालमै पहिलो पटक इन्टरनेट सुरक्षालाई मुख्य सेवाको रूपमा समावेश गर्दै ‘सेक्योर इन्टरनेट – सुबिसु सुरक्षा’को नवीन अवधारणा ल्याएको हो।

नेपालमा वाइफाइ ६ प्रविधि उपलब्ध भए तापनि, सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने सुबिसु नेपालको पहिलो संस्था बनेको छ।

वाइफाइ ६ र सुबिसु सुरक्षाका मुख्य विशेषताहरूमा अभूतपूर्व गति र क्षमता, उत्कृष्ट कार्यसम्पादन र सुबिसु सुरक्षा रहेका छन्। 

यसले इन्टरनेट सेवामा नयाँ मानक स्थापना गर्ने कम्पनीको दाबी छ। 

‘डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त छैन’, सुबिसु लिमिटेडका उपप्रमुख राम कृष्ण परियारले भने, ‘हामीले ग्राहकलाई तिब्र गतिको मात्र नभई, सुरक्षित इन्टरनेट अनुभव पनि प्रदान गर्ने लक्ष्य राखेका छौँ।’ 

दुवैको संयोजनमार्फत सुबिसुले नेपालमा इन्टरनेट सेवाको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको उनले बताए। 

परियारका अनुसार ग्राहक आवश्यकता र स्तरलाई ध्यानमा राख्दै तीन फरक प्याकेज स्मार्ट वाइफाइ ६, प्रो वाइफाइ ६ र एलिट वाइफाइ ६ मा सेवा उपलब्ध गराइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad