कारोबार


स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपसमार्फत रणनीतिक साझेदारी

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपसमार्फत रणनीतिक साझेदारी

नेपालखबर
चैत २३, २०८२ सोमबार १४:३७, काठमाडौँ

स्मार्टच्वाइस टेक्नोलोजि (एससीटी) ले सिटीटेक ग्रुप प्रा. लि. सँग डिजिटल भुक्तानी क्षेत्रका लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता गरेको छ। 

यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस साझेदारीपश्चात् सिटी टेकको हार्डवेयर (फिनपस) मा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ जसमा  विभिन्न कार्ड स्किमहरू (भिसा, युनियनपे, नेपालपेलगायत) तथा डाइनामिक क्यूआरका लागि स्मार्ट क्यूआरमार्फत  डिजिटल भुक्तानी लाई सपोर्ट हुनेछ।

यस साझेदारीमार्फत एससीटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य पस डिभाइस  उपलब्ध गराइनेछ।

पस अक्वाइरिङ व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु यो सेवाबाट लाभान्वित हुन सक्नेछन् । कार्ड स्किमहरुको छुट्टाछुट्टै सदस्यता, प्रविधिमा गर्नुपर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले ले यी संस्थाहरुका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहनेछ।

एससीटी डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको छ। फिनपससँगको साझेदारी यसै प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो।

एससीटीले हाल २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आइरहेको छ। एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी-युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ। 

विगत दुई दशकदेखि नेपालभरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो। एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे – आईबीएफटी अन्तर बैंक भुक्तानी सेवा, स्मार्ट ब्यांकिङ मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad