कारोबार


नेपाली बजारमा वेबोरका अत्याधुनिक 'डबल डोर' रेफ्रिजेरेटर सार्वजनिक

नेपाली बजारमा वेबोरका अत्याधुनिक 'डबल डोर' रेफ्रिजेरेटर सार्वजनिक

नेपालखबर
चैत १०, २०८२ मंगलबार ११:५५, काठमाडौँ

घरायसी उपकरणको क्षेत्रमा गुणस्तरीय उत्पादनका लागि परिचित ब्रान्ड वेबोरले नेपाली उपभोक्ताहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त रेफ्रिजेरेटरहरूको विस्तृत शृङ्खला बजारमा ल्याएको छ। 

कम्पनीले साना र मध्यम परिवारका लागि अत्यन्तै उपयोगी हुने गरी अत्याधुनिक डबल डोर मोडलहरू सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार उपभोक्ताहरूले आफ्नो आवश्यकताअनुसार वेबोरका डबल डोर रेफ्रिजेरेटरहरू विभिन्न साइजमा छनोट गर्न सक्नेछन्। कम्पनीले नेपाली बजारमा २६५ लिटर, ३२५ लिटर र ३६५ लिटर क्षमताका डबल डोर मोडलहरू उपलब्ध गराएको छ। यी मोडलहरू आकर्षक डिजाइन र मजबुत बनावटका साथ आएका छन्।

मुख्य प्राविधिक विशेषताहरू इनभर्टर कम्प्रेसर प्रविधि छ। अर्थात् सबै नयाँ मोडलहरूमा इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ, जसले बिजुलीको खपत निकै कम गर्छ र शान्त कार्यक्षमता प्रदान गर्दछ। यसमा कम्पनीले १० वर्षको वारेन्टी समेत प्रदान गरेको छ।

यसमा रहेको टोटल नो फ्रोस्ट प्रविधिले गर्दा फ्रिजभित्र अनावश्यक हिउँ जम्ने समस्या हुँदैन र खानेकुरा सधैँ ताजा र स्वास्थ्यकर रहन्छ भने मल्टी एयर फ्लो र एन्टी-बी प्रविधिले फ्रिजको हरेक तहमा समान चिसो हावा पुग्ने र हानिकारक ब्याक्टेरियाहरूबाट खानालाई जोगाउँछ। 

नेपाली भोल्टेज अनुकूल रहेकाले नेपालमा हुने विद्युतको उतारचढावलाई मध्यनजर गर्दै यसमा बलियो स्टेबलाइजर क्षमता राखिएको छ, जसले मेसिनको आयु लामो बनाउँछ।

"हामीले नेपाली परिवारको माग र आधुनिक किचनको स्वरूपलाई बुझेर २६५ लिटरदेखि ३६५ लिटरसम्मका उत्कृष्ट डबल डोर मोडलहरू ल्याएका हौँ। प्रविधि, गुणस्तर र सुन्दर डिजाइनको सम्मिश्रण नै वेबोरको पहिचान हो," कम्पनीले जनाएको छ।

वेबोरका यी नयाँ रेफ्रिजेरेटरहरू अहिले देशभरका प्रमुख इलेक्ट्रोनिक्स सोरुमहरूमा विशेष वारेन्टी र बिक्री पछिको सेवाका साथ उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad