कारोबार


नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड

नेपालखबर
माघ १९, २०८२ सोमबार १६:५८, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही माघ १३ देखि १५ गतेसम्म ‘एमडीआरटी’ अचिभर्स अवार्ड आयोजना गरेको छ।

सन् २०२५ को जनवरी देखि डिसेम्बर अन्तिमसम्ममा ‘एम.डी.आर.टी २०२६’का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको हो। 

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटीजस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना दिएका थिए। उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिन अग्रवालले आग्रह गरे। 

बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने कुरा बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ  हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे। 

कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले आगामी वर्ष झन् बढी संख्यामा एमडीआरटीहरुलाई सम्मान गर्न कम्पनी इच्छुक रहेको बताए। 

पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा  अब्बल र सक्षम अभिकर्ता रहेको बताए। 

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले अभिकर्ता र बीमितको हकहितका लागि चालिरहेको कदमहरूको सराहना गरे। 

३ दिन सम्म चलेको कार्यक्रममा गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्रि पंगेनीको विशेष गायन प्रस्तुति रहेको थियो। त्यस्तै कमेडियन सुबोध गौतम र प्रभात लामाले पनि आफ्नो प्रस्तुति दिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad