सामसङ इलेक्ट्रोनिक्स नेपालले ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम१७ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार आकर्षक डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) सक्षम सुविधाहरूसहित आएको यो फोनले आफ्नो वर्गमा पहिलोपटक अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) अर्थात् ‘नो–शेक क्यामेरा’ प्रविधि ल्याएको छ ।
अब प्रयोगकर्ताहरूले जहाँसुकै हुँदा पनि स्थिर र स्पष्ट तस्बिर तथा भिडियो कैद गर्न सक्नेछन् । यो स्मार्टफोन विशेषगरी हरेक क्षणलाई व्यावसायिकस्तरको गुणस्तरमा कैद गर्न चाहने युवापुस्ताहरुलाई लक्षित गरी निर्माण गरिएको हो ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी एम१७ ५जी मार्फत कम्पनीले कृत्रिम बुद्धिमत्ता र प्रिमियम क्यामेरा प्रविधिलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पु¥याउने बताए । ‘नो–शेक क्यामेरा’ सहितका नयाँ सुविधाहरूले प्रयोगकर्ताको दैनिक जीवनलाई अझ सहज र रमाइलो बनाउने उनको भनाइ छ ।
ग्यालेक्सी कृत्रिम बुद्धिमत्ता (एआई)द्वारा सञ्चालित ग्यालेक्सी एम१७ ५जी मा गुगलसँगै सर्कल टु सर्च र रियल–टाइम एआई असिस्टजस्ता स्मार्ट सुविधाहरू समावेश छन्, यसले खोज, मल्टिटास्किङ र संवादलाई अझ सहज बनाउँछ । यसमा रहेको छ न्यानोमिटर प्रविधिमा आधारित एक्सिनोस १३३० प्रशोधनक (प्रोसेसर) ले कार्यक्षमता, गेमिङ र भिडियो स्ट्रिमिङमा छरितो तथा दक्ष प्रदर्शन प्रदान गर्नेछ । यसका मुख्य विशेषताहरू ६.७ इन्च एफएचडी प्लस सुपर अमोलेड प्रदर्शन प्यानल, कोर्निङ गोरिल्ला ग्लास भिक्टसद्वारा सुरक्षा, आईपी५४ मापदण्ड सहित धूलो र पानीबाट संरक्षण, पहिलो अप्टिकल इमेज स्टेबिलाइजेशन (ओआईएस) क्यामेरा रहेका छन् ।
कम्पनीका अनुसार यसको मुल्य ४/१२८ जीबी भेरियन्टको २५ हजार नौ सय ९९ रुपैयाँ र ६/१२८ जीबीको २७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी एम१७ ५जी अहिले देशभरका सामसङ अधिकृत खुद्रा पसलहरू, सामसङ प्लाजा, तथा प्रमुख अनलाइन किनमेल प्लेटफर्महरूमा उपलब्ध रहेको छ ।
Shares

प्रतिक्रिया