कारोबार


सामसङ ग्यालेक्सी ए१७ फाइभजी नेपालमा सार्वजनिक, मूल्य कति?

सामसङ ग्यालेक्सी ए१७ फाइभजी नेपालमा सार्वजनिक, मूल्य कति?

नेपालखबर
भदौ १५, २०८२ आइतबार १२:२५, काठमाडौँ

सामसङले नेपालमा ए-सिरिजलाई विस्तार गरेको छ।

सो क्रममा कम्पनीले नयाँ ग्यालेक्सी ए१७ फाइभजी सार्वजनिक गरेको हो। यसको मूल्य ३४ हजार ९९९ (८/२५६ जीबी), ३० हजार ९९९ (८/१२८ जीबी) र २८ हजार ९९९ (६/१२८ जीबी) तोकिएको छ।

ग्यालेक्सी ए१७ फाइभजीमा ६.७-इन्च सुपर अमोलेड डिस्प्ले ९० एचजेट रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ। यसमा ५० एमपी ओआईएस मुख्य क्यामेरा, ५ एमपी अल्ट्रा-वाइड, र २ एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।

यसमा जेमिनी इन्टिग्रेशन, जेमिनी लाइभ र सर्कल टु सर्च जस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए१७ फाइभजीमार्फत नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेको बताए। 

उनका अनुसार यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता मजबुत सुरक्षा फिचरहरू छन्। साथै, छ वर्षको सुरक्षा अपडेट र छ ओएस अपग्रेडको साथमा दीर्घकालीन मूल्य सुनिश्चित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad