सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ।
उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम ४ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
यो योजना यही भदौ १५ देखि आगामी फागुन १४ गतेसम्मका लागि लागू हुने बैंकले जनाएको छ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइटबाट हेर्न सकिने बैंकले उल्लेख गरेको छ।
15
Shares

प्रतिक्रिया