कारोबार


हरिवनका किसानलाई ५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण

हरिवनका किसानलाई ५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण

नेपालखबर
असार २६, २०८३ शुक्रबार २१:५५, सर्लाही

व्यावसायिक पशुपालनमा प्रोत्साहन तथा दूध र मासु उत्पादनको उद्देश्यसहित सर्लाहीको हरिवनमा मुर्रा क्रस भैँसी वितरण गरिएको छ। 

आज हरिवन नगरपालिकामा आयोजित कार्यक्रममा  किसानलाई २३ वटा उन्नत जातको भैँसी वितरण गरिएको नगरपालिका पशु सेवा केन्द्रका डा महेशकुमार श्रेष्ठले जानकारी दिए। भैँसीले दैनिक १० लिटर बढी दूध दिने उनको भनाइ छ।

कूल रु ४२ लाख लगानीमध्ये नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराइएको नगर उपप्रमुख हरिमाया घलानले बताए। नगरपालिकाले २२ वटा भैँसी स्थानीय व्यवसायीक फार्मलाई र एउटा सहकारी संस्थालाई प्रदान गरिएको नगरका सूचना अधिकारी लेखा अधिकृत प्रतीक कार्कीले बताए। 

पालिकाले स्थानीयस्तरमा नागरिकलाई स्वरोजगार र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख कमल बुढाथोकी (रमेश)को भनाइ छ। हरिवन नगरपालिका–५ का श्री राम पशु फर्म सञ्चालक राम पुनीत महतोले पशुपालन खर्चिलो बन्दै गएअनुसार आम्दानी नहुँदा किसानहरू मर्कामा रहको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad