कारोबार


कैलाली हस्पिटलमा उपचार गर्दा एनआईसी एसियाका ग्राहकलाई २० प्रतिशतसम्म छुट

कैलाली हस्पिटलमा उपचार गर्दा एनआईसी एसियाका ग्राहकलाई २० प्रतिशतसम्म छुट

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १६:४१, काठमाडौँ

एनआईसी एसिया बैंकका ग्राहकहरुले कैलाली हस्पिटलमा स्वास्थ्य उपचार सेवामा विशेष छुट पाउने भएका छन्। 

कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच यससम्बन्धी सम्झौता भएको हो।

समझदारीसँगै यस बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।  

यस बैंकका ग्राहकहरुले कन्सल्ट्यान्ट ओपीडी÷इमरजेन्सी ओपीडी, जनरल बेड पर डे, क्याबिन पर डे, आईसीयू बेड पर डे, एनआईसीयू बेड पर डे, पोस्ट अपरेटिभ रुम पर डे, जनरल सर्जरी, अर्थोपेडिक, गाइनेकोलोजी, ल्यापरोस्कोपी सर्जरी, प्याथोलोजी टेस्ट, भिडिओ एक्सरे, एक्सरे, ईसीजी, इको, एन्डोस्कोपी, मेडिसिनजस्ता सेवाहरुमा उक्त छुट पाउनेछन्। 

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad