कारोबार


डिशहोमको कुशे औँसी अफर

डिशहोमको कुशे औँसी अफर

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १६:४७, काठमाडौँ

डिशहोमले यस कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउने भएको छ।

कम्पनीले ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको हो। अब वार्षिक नयाँ इन्टरनेट (एमबीपीएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ रुपैयाँ पर्ने फोर-के स्ट्रिमर उपहारस्वरूप दिनेछ।

यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ।

उपहार प्राप्त गर्न ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन्।

यस विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिँदै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad