सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको आधिकारिक वितरक) ले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्सप्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान गरेको छ।
कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, विजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरन लाई सम्मान गरिएको हो।
उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मिहिनेत र साथका लागि यो सम्मान गरिएको हो।
एक्सप्रेस–टी ईभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो।
स्वरोजगारी प्रवर्द्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ।
27
Shares

प्रतिक्रिया